नियम ४
डिजिटल हस्ताक्षरको सम्पुष्टि
नियम ३ बमोजिम डिजिटल हस्ताक्षरद्वारा प्रमाणित गरिएको कुनै विद्युतीय अभिलेख वा सूचनालाई सार्वजनिक साँचोको प्रयोग गरी ह्यास फङ्कशनको माध्यमबाट नयाँ डिजिटल हस्ताक्षर सृजना गरी सम्पुष्टि गर्दा सम्पुष्टि गर्ने सफ्टवेयरले देहायको अवस्था देखाई डिजिटल हस्ताक्षरको सम्पुष्टि गरेमा त्यस्तो विद्युतीय अभिलेख वा सूचनामा भएको डिजिटल हस्ताक्षर सो विद्युतीय अभिलेख वा सूचना उत्पत्तिकर्ताको भएको मानिनेछः–
(क) त्यस्तो डिजिटल हस्ताक्षर डिजिटल हस्ताक्षर गर्ने व्यक्तिको सार्वजनिक साँचोसँग तुलना गरी सृजना गरेको डिजिटल हस्ताक्षरसँग मेल खाएमा,
(ख) सम्पुष्टिकर्ताले सार्वजनिक साँचोको माध्यमबाट निकालेकोे ह्यास रिजल्ट र विद्युतीय अभिलेखमा संलग्न रहेको डिजिटल हस्ताक्षरबाट निकालिएको मूल ह्यास रिजल्ट समान भएमा ।